श्री आधारभूत विद्यालय

विक्रम सम्वत् २०३८ देखि बालबालिकाको भविष्य निर्माण गर्दै

Shaping Minds of Tomorrow

श्री आधारभूत विद्यालय मदवामा यहाँलाई स्वागत छ।

यस श्री आधारभूत विद्यालय मदवाको ऐतिहासिक पृष्ठभूमिलाई सरसरी हेर्दा यस विद्यालयको स्थापना वि.स.२०३८ सालमा समाजसेवी श्री अमृत चन्द ठाकुर र धनिराम थारुको सहयोग र पहलमा स्वयम्‌सेवक शिक्षक श्री भिम बहादुर मल्ल ज्यू ले स्थापना गर्नुभएको थियो र केही समय पछि स्वयम्‌सेवक शिक्षक भिम बहादुर मल्ल ज्यू ले गाउँ समाजको सहयोगमा २ कोठे खरले छाएको घरमा गाउँका स–साना बालबालिकालाई जुटाई विद्यालय सञ्चालन गर्नुभयो । त्यतिबेला यस विद्यालयले जिल्ला शिक्षा कार्यालयबाट स्वीकृत पाएको थिएन तसर्थ समाजसेवी श्री अमृत चन्द ठाकुरको निरन्तर प्रयासपछि श्री जिल्ला शिक्षा कार्यालयबाट यस विद्यालयले मिति २०३९/११/०६ गते स्वीकृत प्राप्त गर्‍यो र स्वयम्‌सेवक शिक्षक  कार्यरत श्री भिम बहादुर मल्ल ज्यूलाई अस्थायी शिक्षक पदमा नियुक्ति गर्‍यो ।

प्रधानाध्यापकको हार्दिक सन्देश

आउनुहोस्, हामी सबै मिलेर उनीहरूको उज्ज्वल भविष्य निर्माण गरौं!

समाचार र गतिविधिहरू